आजका तस्बिर- पुस १६
आजका तस्बिर- पुस १६
कुहिरो र बन्दीपुर ।  तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलबाट बिहानीपख देखिएको कुहिरोले ढाकिएको बन्दीपुर आसपास क्षेत्रको दृश्य। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- पुस १६
धौलागिरी हिमाल ।  बागलुङको काठेखोला गाउँपालिका–५ भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल। मध्यपहाडी लोकमार्गमा पर्ने भ्यूटारवबाट देखिने उक्त हिमालले यात्रा गर्ने यात्रुलाई लोभ्याइरहेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- पुस १६
भेंडाको ऊनबाट काम्लो बुन्दै महिला ।  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङस्थित सेराबाङ गाउँमा भेंडाको उनबाट काम्लो बुन्दै स्थानीय महिला। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- पुस १६
जखेराताल ।  दाङको लमही नगरपालिका–३ स्थित जखेरा ताल। चुरे पहाडको फेदमा सात बिघा क्षेत्रफल र ६ फिट गहिराइमा रहेको यस ताल पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। तस्बिर: नारायणी रजौरे/रासस
आजका तस्बिर- पुस १६
जलेवा र बकुल्ला ।  दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कर्जाही जलाशयको रूखमा बसेका जाडो छल्न आएका जलेवा चरा र रैथाने बकुल्ला चरा। दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न पाहुना बनेर आएका जलेवा रैथाने चरासँग मिलेर बसेका हुन्छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्