आजका तस्बिर- मंसिर २१
आजका तस्बिर- मंसिर २१
भुटानका राजा काठमाडौंमा ।  भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन्। अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- मंसिर २१
दाउराको जोहो ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का महिलाहरू दाउरा सङ्कलन गरेर घर फर्कँदै। पुस र माघ महिनामा हिमपातले अत्यधिक चिसो हुने भएकोले न्यानो गर्न र खाना पकाउन प्रयोग गरिने दाउराको जोहो स्थानीयले गर्न थालेका हुन्। तस्बिर : लेखबहादुर बुढा/रासस
आजका तस्बिर- मंसिर २१
चन्द्रकोट गढी ।  तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित चन्द्रकोट गढी। यस ठाउँको प्रवर्द्धनका लागि गाउँपालिका जुटेको छ। तस्बिर: कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- मंसिर २१
कृत्रिम जलाशय ।  दाङको घोराही उपमहानगरपालिका–१ र २, सुर्केडाँगीमा उपमहानगरपालिकाले साढे सात बिघा क्षेत्रफलमा निर्माण गरेको चेपे ताल। ताल निर्माण भएपछि स्थानीयले सिँचाइ, माछापालन तथा डुङ्गा सञ्चालन गरेर आर्थिक लाभ लिएका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर २१
गुफा पोखरी ।  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीयस्थल गुफापोखरी। गुफापोखरी करिब दुई हुजार ८ सय ९० मिटर उचाइमा रहेको छ। मौसम खुल्दा पोखरीमा मकालु हिमालको छाया देखिने गर्दछ। तस्बिर: भविन कार्की/रासस
प्रतिक्रिया दिनुहोस्