आजका तस्बिर- मंसिर ३
आजका तस्बिर- मंसिर ३
सातो पिक ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६, रामथाङ क्षेत्रबाट देखिएको कञ्चनजंघा क्षेत्रमा पर्ने सातो पिक हिमालको सुन्दर दृश्य। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर ३
ऐतिहासिक देवल ।  जुम्लाको सिंजा गाउँपालिका–२ स्थित बिष्टबाडामा रहेका १३ औं शताब्दीको ठानिएको देवल। उक्त तीन वटा देवल खस संग्रहालयस्थल भन्दा बाहिर रहेका छन्। तस्बिर: विजय रावत/रासस
आजका तस्बिर- मंसिर ३
कोलमा तेल पेल्दै ।  अछामको ढकारी गाउँपालिका-१ नन्दपुरमा कोलमा तेल पेल्दै स्थानीय। पहिले घरेलु उद्योगगका रूपमा प्रयोग गरिँदै आएको तेल पेल्ने कोल पछिल्लो समय हराउँदै जान थालेको छ। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- मंसिर ३
पुनर्निर्माण भइरहेको नुवाकोटको सात तले दरबार ।  चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको नुवाकोटको सात तले दरबार। वि.सं २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ ले क्षति पुर्‍याएको सात तले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका दशवटा संरचनाको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुनर्निर्माण भइरहेको छ। तस्बिर:रामहरि न्यौपाने/रासस
आजका तस्बिर- मंसिर ३
बाढी पीडितको घर निर्माण गर्दै सेना ।  गत असोज १२ गते आएको बाढीले फेमे खोला नजिकै रहेको घर बगाएपछि घरबारविहीन बनेका पाँचथरको फिदिम नगरपालिका–११ का अपाङ्गता भएका प्रेमकुमार श्रेष्ठको परिवारका लागि सोही वडाको सेजेपामा घर निर्माण गर्दै नेपाली सेनाको फिदिमस्थित रणशेर गणका सैनिक। फिदिमको जनसेवा समाजको समन्वय तथा सहयोगमा नेपाली सेनाले घर निर्माण गरिरहेको छ। तस्बिर: रवीन्द्र काफ्ले/रासस
प्रतिक्रिया दिनुहोस्