कागको प्रतिमामा पूजा गर्दै । काग तिहारको दिन कागेश्वरी मनोहरा नगरपालिका-१ मा अवस्थित लोकतान्त्रिक सहिद वन उद्यानमा कागको प्रतिमामा पूजा गर्दै तथा माला लगाउँदै। तस्बिर: हरिराम भेटुवाल/रासस
फाप्लु विमानस्थल । सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिक रहेको फाप्लु विमानस्थल। नुम्बुर हिमालको काखमा अवस्थित यस विमानस्थल दुई हजार चार सय १३ मिटरको उचाइमा रहेको छ। तस्बिर: सुवास दर्नाल/रासस
नाउर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ स्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर (वन भेडा)। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो। यस क्षेत्रमा हिउँचितुवा र नाउर दुबैको उपस्थिति रहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
टिकट नपाएपछि नाराबाजी गर्दै । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत् नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे फाइनल हुँदैछ। भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिएका छन्। उनीहरूले एन्फाविरूद्ध नाराबाजी गरिरहेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
साफ महिला च्याम्पियनसिप । साफ महिला च्याम्पियनसिपको विजेता बंगलादेश खुसीयाली मनाउँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी