अपर राहुघाटको विद्युत गृह । म्याग्दीको रघुङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन ४८ मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह । तुदी पावर कम्पनी प्रर्वद्धक रहेको अपर राहुघाटले अबको चारदेखि पाँच महिनाभित्र विद्युत उत्पादनको तयारी गरेको छ। तस्बिरः सन्तोष गौतम/रासस
जलवायु परिवर्तनले गङ्गापूर्ण तालमा असर । मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित गङ्गापूर्ण हिमालको हिमनदीबाट निर्माण भएको प्राकृतिक गङ्गापूर्ण ताल पछिल्लो समयमा पुरिँदै गएको छ। समुद्री सतहदेखि तीन हजार पाँचसय ४५ मिटर उचाइमा रहेको यस ताल जलवायु परिवर्तनको असरले हिमनदी पग्लिएर खुम्चिँदै गएको हो। तस्बिर:नवीन लामिछाने /रासस
बाँसबाट निर्माण गरेको मण्डपघर । दीपावली अर्थात् लक्ष्मी पूजाको अवसरमा सप्तरीको राजविराज नगरपालिका–४ स्थित हनुमाननगर रोडमा मूर्ति राख्नका लागि बाँसबाट निर्माण गरिएको मण्डपघर। यहाँ पनि लक्ष्मी पूजाका दिन ठूलो मेला लाग्ने गर्दछ।तस्बीरः अरूणकुमार यादव/रासस
बालुवाटारमा रास्वपाको प्रदर्शन । काठमाडौंको बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ। सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सूर्यास्तको दृश्य । दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौरामा व्यावसायिक रूपमा गरिएको सयपत्री फूल खेती र सूर्यास्तको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस