आजका तस्बिर- कात्तिक २
आजका तस्बिर- कात्तिक २
भारी बोकेरै पर्यटकको पछिपछि ... ।  मनाङको नासो गाउँपालिका–१ निगालाघारीबाट मनाङतर्फ जाँदै गरेका भरिया र सँगै रहेका विदेशी पर्यटक। अन्नपूर्ण पदमार्गमा आउने पदयात्रीको भारी बोकेर हिड्ने नेपाली भरियाहरू दैनिक एक हजार ४०० रुपैयाँमा ३० देखि ४० किलो सम्मको भारी बोकेको ज्याला लिने गर्दछन्। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- कात्तिक २
पैसरी नृत्य प्रस्तुत ।  सुर्खेतको चिङ्गाड गाउँपालिका–४ र दैलेखको गुराँस गाउँपालिका–७ को सिमाना टोटनाउलामा कोजाग्रत पूर्णिमाको दिन लागेको टोटनाउला मेलामा लहरे नाच (पैसरी नृत्य) प्रस्तुत गर्दै गाउँका बुढापाका। पौराणिककालदेखि असोज शुक्ल चतुर्थीको रातिदेखि पूर्णिमाको दिनसम्म मेला लाग्ने गरेको छ। मेला हेर्न सुर्खेत दैलेख र जाजरकोट लगायत विभिन्न ठाउँबाट मानिसहरू आउने गरेका छन्। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- कात्तिक २
उवा बाली भित्र्याउँदै किसान ।  डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ उपत्यकामा वर्षमा एक पटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउँदै किसान। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक २
गौरी गाउँ ताल ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१० स्थित गौरीगाउँ ताल र तालको बीचमा निर्माण गरिएको शिव मन्दिर। ताल निर्माण भएपछि आन्तरिक पर्यटक बढ्नुका साथै स्थानीयले सिँचाइ तथा माछापालन गरेर आम्दानी गरेका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्