आजका तस्बिर- कात्तिक १
आजका तस्बिर- कात्तिक १
धानको बाला झुल्यो खेतैमा! ।  काठमाडौं र आसपासका पहाडी जिल्लाहरूमा दसैं सकिएलगत्तै धान भित्र्याउने चटारोले छोपेको छ। काठमाडौंको फर्पिङ र ललितपुरको बुङ्मति र खोकना लगायतका क्षेत्रका फाँटहरूमा किसानहरू बिहानैदेखि धान काट्न र चुट्न व्यस्त देखिन्छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १
बाँस र बेतका सामग्री बनाउँदै ।  छठ पर्वलाई लक्षित गर्दै बिक्री गर्न बाँस र बेतबाट विभिन्न सामग्री बनाउँदै महाेत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका -१ का डाेम समुदाय। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- कात्तिक १
तरकारी किनमेल ।  काठमाडौं महानगरपालिका-१६ स्थित माछापोखरी सडक छेउमा बिहीबार बिहान तरकारी किनमेल गर्दै सर्वसाधारण। तस्बिर: हरिराम भेटुवाल / रासस
आजका तस्बिर- कात्तिक १
उखु रोप्ने तयारी ।  बेलौरी नगरपालिका कलकत्ताका किसान उखु रोप्नका लागि खेत तयार गर्दै। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- कात्तिक १
स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी ।  शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङमा स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी। स्याब्रु यहाँको मौलिक नाच हो। तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्