आजका तस्बिर- असोज ३०
आजका तस्बिर- असोज ३०
नेपालको राष्ट्रिय झण्डाको आकृति र त्रिशूल पार्कको दृश्य ।  काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा पर्ने बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति र त्रिशूल पार्कको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ३०
भक्तपुर दरबार क्षेत्रमा पर्यटक ।  भक्तपुर दरबार क्षेत्रमा घुम्न आएका आन्तरिक पर्यटक। तस्बिरः सिबी अधिकारी/रासस
आजका तस्बिर- असोज ३०
कुन्छाल गाउँ ।  मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल गाउँ। यस गाउँमा गोपाली समुदायको बसोबास रहेको छ। पर्यटकका लागि गाउँमा घरबास (होमस्टे) पनि सञ्चालनमा रहेको छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज ३०
मकैको जोहो ।  काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौरी देउराली गाउँपालिका-७ मादन गाउँका किसानले परम्परागत घरको वरिपरि भण्डारण गरेको मकै। तस्बिर: पेमा लामा/रासस
आजका तस्बिर- असोज ३०
मार्फा गाउँ ।  मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको यो गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिर : सुशील थकाली/रासस
प्रतिक्रिया दिनुहोस्