आजका तस्बिर- असोज २४
आजका तस्बिर- असोज २४
बुलबुले ताल ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले ताल । यहाँ तालमा दैनिक मोटरबोट सञ्चालनमा आएको छ। तस्बिर : हेमन्त केसी/रासस
आजका तस्बिर- असोज २४
हनुमानढोकामा भित्र्याइयो फूलपाती ।  हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २४
मौरिस हर्जोग पदमार्गको झोलुङ्गे पुल तर्दै गरेका पर्यटक ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुगेर मौरिस हर्जोग पदमार्ग अन्तर्गत फुतफुते झरना नजिकैको झोलुङ्गे पुल तरेर नारच्याङ तर्फ फर्कदै गरेका पर्यटकहरु । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको नाममा सञ्चालन गरिएको यो पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस
आजका तस्बिर- असोज २४
पिङमा रमाउँदै विदेशी पर्यटक ।  नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइडमा बडादसैँका अवसरमा बिहीबार चर्खे पिङ खेलेर रमाउँदै विदेशी पर्यटक । तस्बिर ः कृष्ण दवाडी÷रासस
आजका तस्बिर- असोज २४
टुँडिखेलमा फूलपाती समारोह ।  वडा दसैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्