आजका तस्बिर- असोज २१
आजका तस्बिर- असोज २१
घर फर्केनेको ताँती ।  झरी मत्थर भएर दिनहरू घमाइलो बन्न थालेसँगै मानिसहरू आ–आफ्नो थातथलो फर्कन थालेका छन्। गाउँ फर्कनेहरू बढेसँगै बसपार्क विमानस्थलमा मानिसहरूको घुइँचो लाग्न थालेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २१
फुटपाथ फराकिलो बनेपछिको न्यूरोड ।  न्यूरोडमा अहिले फराकिला फुटपाथ छन्। फुटपाथ फराकिला भएसँगै दसैँमा किनमेल गर्न जाने पैदलयात्रीहरूले सहजताका साथ आवतजावत गर्न पाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज २१
बकुल्लाको बथान ।  दाङको तुलसिपुर उपमहानगरपालिका-५ स्थित बसपार्क आसपास क्षेत्रमा उडिरहेका बकुल्लाको बथान। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- असोज २१
बाढीले क्षतिग्रस्त टीकाभैरव मन्दिर ।  गतहप्ता वर्षापछि नल्लु खोलामा आएको बाढीले क्षतिग्रस्त ललितपुरको गोदावरी नगरपालिका-५ स्थित टीकाभैरव मन्दिर र आसपासको क्षेत्र। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज २१
पिङ खेल्दै बालबालिका ।  जिल्ला प्रहरी कार्यालय बाँकेमा दसैंलगायत पर्वका अवसरमा निर्माण गरिएको पिङमा पिङ खेल्दै बालबालिका। तस्बिर: रुपनी जिएम/रासस
प्रतिक्रिया दिनुहोस्