सिमलबोट गाउँ । बागलुङको गलकोट नगरपालिका–५ मा अवस्थित सिमलबोट गाउँ। यहाँ मौलिक ढुङ्गेघरको संरक्षणका साथै स्थानीय कला र संस्कृतिको समेत संरक्षण गरिएको छ। तस्बिरः शर्मिला रोका मगर/रासस
मालुकाको पात संकलन गरिँदै । घोराही उपमहानगरपालिका–४ गोग्लीका थारु समुदायका महिला दसैँका लागि लमही नगरपालिका–६ को जङ्गलमा मालुकाको पात टिपेर सङ्कलन गर्दै। मालुकाको पातबाट बनाइएका दुना टपरीमा अचार तरकारी र विभिन्न परिकार खानेकुरा राख्ने गरिन्छ। तस्बिरः रञ्जिता अधिकारी/रासस
नेपालगञ्ज एकीकृत जाँच चौकी । नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी) मा भारतबाट सामान बोकेर भित्रिँदै गरेका ट्रकहरू। गत वैशाख २४ गतेदेखि एकीकृत जाँच चौकी सञ्चालनमा आएको हो। तस्बिरः रुपनी जिएम/रासस
खच्चडबाट सामान ढुवानी गर्दै । मुगुको मुगुम कार्मारोङ गाउँपालिकातर्फ सामान लिएर जाँदै गरेका खच्चडहरू। मुगुम कार्मारोङ गाउँपालिकाका-९ छायल सम्म सडक जोडिएको भएपनि माथिल्लो मुगु क्षेत्र सडक सञ्जाल जोडिएको छैन। सडक नहुँदा गाउँपालिकाबासीलाई सामान ढुवानीको लागि खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता छन्। तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस
भत्किएको कल्भर्ट । तनहुँको व्यास नगरपालिका–१ र २ करङकाठ जोड्ने बुल्दीखोला माथिको कल्भर्ट भत्किएको अवस्थामा। बसपार्कसमेत रहेको त्यस ठाउँमा सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस