आजका तस्बिर- असोज १७
आजका तस्बिर- असोज १७
दसैं, तिहार पर्व मनाउन घरतर्फ भेडा लगिँदै ।  दसैँ , तिहार मनाउन बारेकोट–४ चाखुरेपाटनबाट भेडा लिएर घरतर्फ फर्किंदै बारेकोटवासी। चरिचरनका लागि उनीहरूले भेडीगोठ चाखुरेपाटन ल्याएका थिए। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असोज १७
क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा ।  सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ। नदी आरपार गर्ने विकल्प अरू नभएपछि यात्रुहरू क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। तस्बिर: राधिका बुढाथोकी/रासस
आजका तस्बिर- असोज १७
सखिया नृत्य प्रस्तुत ।  कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीमा बसन्त टोल विकास संस्थाले बिहीबार आयोजना गरेको थारु सखिया नाचको वडा सम्मेलनमा सखिया नृत्य प्रस्तुत गर्दै थारु महिला। तस्बिर: सुरेन्द्रबहादुर ताम्राकार/रासस
आजका तस्बिर- असोज १७
दसैं आयो! ।  आजदेखि दसैं सुरू भएलगत्तै घरको छतमा बसेर चंगा उडाउँदै बालक। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्