पुतली । दाङको घोराही उपमहानगरपालिका-१० स्थित अम्राइमा फूलको रस खाँदै पुतली। तस्बिर: कुलदीप न्यौपाने /रासस
दुना-टपरीको व्यापार । दसैं नजिकिएसँगै घटस्थापनाका दिन जमरा राख्नका लागि धनगढी उपमहानगरपालिका– १ बनदेवी मन्दिर नजिकै सालको पातबाट दुनाटपरी बनाउँदै र बेच्दै स्थानीय थारू समुदायका महिला। तस्बिर: तिलकराज ओझा/रासस
माछा मार्दै । लमही नगरपालिका–६ स्यानी खोलामा माछा मार्दै स्थानीय महिला। उनीहरूले फुर्सदको समयमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। तस्बिरः रञ्जिता अधिकारी/रासस
रूखमा बसेको चमेराका बथान । रूखभरि फल फलेको जस्तो देखिने गरी भक्तपुरको सल्लाघारीस्थित न्हुःपुखु (रानी पोखरी) वरिपरिको रूखमा बसेको चमेराको बथान। तस्बिरः रत्न श्रेष्ठ/रासस