घमी गाउँ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को घमी गाउँ। कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरलाले छोएको घमी गाउँमा ऐतिहासिक दरबार र गुम्बा पर्यटकीय आकर्षणका रूपमा रहेका छन्। तस्बिर: सन्तोष गौतम/रासस
धानखेतको हरियाली । दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरूवा गाउँको धानखेतको हरियाली र आसपासको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
तिलिचो ताल । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल। यो तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । उक्त ताल लगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन्। तस्बिरः नवीन लामिछाने/रासस
अनौठो पहाड । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ नर्सिङखोलाको किनारबाट देखिएको प्वाल परेको अनौठो पहाड। तस्बिरः कमल खत्री/रासस