आजका तस्बिर- असोज ७
आजका तस्बिर- असोज ७
मानुङकोट ।  तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट सोमबार बिहान देखिएको कुहिरोको दृश्य। सूर्योदय र कुहिरो अवलोकनका लागि यहाँ आउने पर्यटक बढेका छन्। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- असोज ७
जोमसोम बजार ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीदेखि देखिएको मुस्ताङको सदरमुकाम जोमसोम बजार र स्याउ बारी। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- असोज ७
बबई नदी किनारामा सेताम्मे फुलेको काँस ।  दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँस्थित बबई नदी किनारामा सेताम्मे फुलेको काँस । ढकिया, गुन्द्री बुन्नकालागि प्रयोग हुने काँस फुलेको समयमा क्यामेरामा कैद गर्न तथा टिकटक बनाउने मानिसहरूको भिड लाग्ने गर्दछ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज ७
काभा क्लब च्याम्पियनसिप जितेको पुलिस क्लबलाई भव्य स्वागत ।  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार विहान स्वदेश फर्किएको छ। उपाधि विजेता नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- असोज ७
सूर्यास्तको दृष्य ।  धनुषाको विदेह नगरपालिका-८ स्थित बफैँ गाउँको साहुजी पोखरीको डिलबाट आज देखिएको सूर्यास्तको मनोरम दृष्य। तस्बिर: चन्द्रदेव साह/रासस
प्रतिक्रिया दिनुहोस्