अन्तु पोखरी । पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी। मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकहरूको चाप बढ्न थालेको छ। तस्बिर: रामकुमार लिम्बू/रासस
चरिचरन क्षेत्रमा चौपाया । जाजरकोटको बारेकोट गाउँपालिका–५, सिलिङ्गिचौरस्थित चरिचरन क्षेत्रमा चर्दै गरेका पशुचौपाया। तस्बिरः हेमन्त केसी/रासस
राष्ट्रिय झण्डाको आकृति । काठमाडौं दक्षिणकाली नगरपालिका-४ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति। तस्बिर: हरिराम भेटुवाल/रासस
चर्दै गरेको गैंडा । नवलपुरको कावासोती पिठौलीस्थित मध्यवर्ती वनमा चर्दै गरेको गैंडा। तस्बिर:दयाराम आचार्य/रासस
बिसौनी घर । बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित पर्यटकीय क्षेत्र गाभरमा पर्यटन प्रवर्द्धनको लागि निर्माण गरिएको बिसौनी घर। तस्बिरः भेषराज बस्नेत/रासस