आजका तस्बिर- असोज १
आजका तस्बिर- असोज १
लुरी गुम्बा ।  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा पहाडको भित्तामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको लुरी गुम्बा। पहाडको गुफाभित्र रहेको लुरी गुम्बामा प्राकृतिक छोर्तेन रहेको छ। तस्बिर:सन्तोष गौतम/रासस
आजका तस्बिर- असोज १
बुढी पोल्ने 'पर्व' ।  बैतडीको दशरथचन्द नगरपालिका-८ त्रिपुरामा बनाइएको बुढी अर्थात् राक्षसी पुतना। बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ। तस्बिर: विनोदसिंह विष्ट/रासस
आजका तस्बिर- असोज १
महेन्द्रनगर-धनुषा ।  धनुषामा जनकपुरधामपछिको दोस्रो ठूलो सहरको रूपमा रहेको महेन्द्रनगर र आसपासको दृश्य। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- असोज १
वासुकी कुण्ड ।  दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित धार्मिक महत्वको वासुकी कुण्ड। यस कुण्डमा नागपञ्चमीमा विशेष पूजा हुने गर्दछ। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्