आजका तस्बिर- भदौ ३१
आजका तस्बिर- भदौ ३१
सर्वोच्चले तोकेको नदीसम्बन्धी मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन ।  काठमाडौं उपत्यकाभित्रका नदी किनाराबाट दायाँबायाँ थप २० मिटरभित्र नयाँ संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसला खारेजीको माग गर्दै सोमबार प्रदर्शन भएको छ। विभिन्न १० वटा संस्थाले सर्वोच्चले तोकेको मापदण्ड खारेजीको मागसहित कुपन्डोलबाट त्रिपुरेश्वरसम्म प्रदर्शन तथा र्‍याली गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ३१
हाँडी पोखरी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय दृष्टिले सम्भावना बोकेको क्षेत्र हाँडी पोखरी। तस्बिरः सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- भदौ ३१
काँक्रेबिहार आसपास क्षेत्र ।  सुर्खेतको वीरेन्द्रनगर–९ र १० मा रहेको नेपाल सरकारद्वारा संरक्षित क्षेत्र काँक्रेबिहार र यसको आसपासमा बचेको खेतीयोग्य जमिन। पछिल्लो समय जग्गा प्लटिङले खेतीयोग्य जमिन मासिँदै गइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- भदौ ३१
चरनबाट खर्कमा फर्कंदै गरेका च्याङ्ग्राको बथान ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता गाउँको चरनखर्कबाट खर्क (गोठ)मा फर्कंदै गरेका च्याङ्ग्राको बथानहरू। मुस्ताङको लेकाली क्षेत्रका किसानहरूको आयस्रोत च्याङ्ग्रापालन हो। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ ३१
फल्याक गाउँ र निलगिरी हिमाल ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित फल्याक गाउँ र पृष्ठभूमिमा बादलको घुम्टोभित्र देखिएको निलगिरी हिमाल। फल्याक गाउँ मुस्ताङ हुँदै डोल्पा जाने पदमार्ग र सडकले समेटिएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्