आजका तस्बिर- भदौ २८
आजका तस्बिर- भदौ २८
मुस्ताङको मराङमा फुलेको फापर ।  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा फुलेको फापर। उपल्लो मुस्ताङका बारीमा लहलह फुलेको फापरले त्यहाँको दृष्य मनमोहक र रमणीय देखिएको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २८
झोलुङ्गे पुल ।  रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ९ र १० लाई जोड्ने झोलुङ्गे पुल। उक्त पुल निर्माण भएसँगै स्थानीयलाई छोटो दुरी हुँदै आवतजावत गर्न सहज भएको छ। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
आजका तस्बिर- भदौ २८
कृत्रिम जलाशय ।  दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय। पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ २८
ऐतिहासिक लोमान्थाङ दरबार ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको सात सय वर्ष पुरानो ऐतिहासिक लोमान्थाङ दरबार। चौधौ शताब्दीमा तत्कालीन मुस्ताङी राजा आङदेन साङ्वो विष्टको कार्याकालमा लोमान्थाङ दरबार निर्माण भएको इतिहास छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २८
केन्द्रीय कारागार भवन-नुवाकोट ।  नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा पहिलो एकाइको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केन्द्रीय कारागार भवन। पहिलो एकाइमा एक हजार तीनसय ७० जना क्षमताको संरचना निर्माण भएको छ भने क्रमशः यहाँ पाचवटा एकाइको निर्माण गरेर सात हजार कैदीबन्दी क्षमताको संरचना निर्माण गरिँदैछ। तस्बिर: रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्