बादलुको घुम्टोमा घोराही बजार । दाङको घोराही उपमहानगरपालिका- १८ स्थित घोरदौराबाट मंगलबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
हेर्दा राम्रो माच्छापुछ्रे .. । पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट मङ्गलबार बिहान देखिएको माच्छापुछ्रे हिमाल। केही दिनयता वर्षा थामिएपछि हिमाल खुलेका छन्। तस्बिर: रामबहादुर थापा/रासस
चक्रकुण्ड ताल । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल। तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रूपमा चिन्ने गरिन्छ। यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमा रहेको छ। तस्बिर: सन्तोष गौतम / रासस
इन्द्रेणी र हरियाली । वीरेन्द्रनगर बजारबाट देखिएको रमणीय इन्द्रेणी र धानखेतको हरियाली। तस्बिर: हेमन्त केसी/रासस