आजका तस्बिर- भदौ २४
आजका तस्बिर- भदौ २४
ढोरपाटन उपत्यका ।  नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनस्थित ‘ढोरपाटन उपत्यका’। समथर रूपमा फैलिएको यो उपत्यका पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। तस्बिरः डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ २४
निर्फु गुम्बा ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको रहेको निर्फु गुम्बा। पहाडको भित्तामा टाँसिएको र गुफाभित्र रहेको यो गुम्बा १५औँ शताब्दीमा स्थापना भएको ठानिन्छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २४
परम्परागत घुमाउने घर ।  लमजुङको क्व्होलासोथर गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँमा रहेको परम्परागत घुमाउने घर। पछिल्लो समयमा हराउँदै गएका घुमाउने घर पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ २४
दहखर्क बुकी ।  ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने दहखर्क बुकी । समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्र पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिरः डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ २४
झोलुङ्गे पुल ।  सर्लाहीको चुरे क्षेत्र तथा रौतहट जिल्लाको नुथरलाई जोड्न बागमती नदीमाथि बनाइएको झोलुङ्गे पुल। झोलुङ्गे पुल जीर्ण भइसकेको भन्दै पुलमा घुइँचो नगर्न, नहल्लाउन र मोटरसाइकल चलाउन रोक लगाइएको बोर्ड टाँगिएको छ। तस्बिर: विश्वनाथ ठाकुर / रासस
प्रतिक्रिया दिनुहोस्