माछापुच्छ्रे हिमाल । पोखरा महानगरपालिका-१४ बाच्छेबडुवाबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर:राधिका कँडेल/रासस
लखिनश्वरी झरना । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ३ र ४ को सीमामा रहेको लखिनश्वरी झरना। यो झरना अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढ्दो छ। तस्बिर: हरिराम भेटुवाल / रासस
दामोदरकुण्ड । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड। पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा देविदेवताहरूको बासस्थान भएकाले यहाँ पुगेमा पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ। तस्बिर: सन्तोष गौतम/ रासस