आजका तस्बिर- भदौ १५
आजका तस्बिर- भदौ १५
मानुङकोटबाट देखिएको कुहिरो ।  तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य। कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- भदौ १५
महभिर झरना ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका –४ नागीमा रहेको महभिर झरना। करिब ६० मिटर उचाइ रहेको यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित भइरहेको छ। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- भदौ १५
आँधीमूल मन्दिर ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित रहेकाे आँधीमूल मन्दिर। यहाँ तनहुँका छिमेकी जिल्लाबाट भक्तजन आउने गर्छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- भदौ १५
डुङ्गामा दाउरा ल्याउँदै ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरस्थित सप्तकोसी नदीमा पारिबाट डुङ्गामा दाउरा लिएर आउँदै स्थानीय। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- भदौ १५
अल्लोको धागोबाट कपडा बुन्दै ।  धनगढी उपमहानगरपालिका–३ चटकपुरमा तानमा अल्लोको धागोबाट कपडा बुन्दै स्थानीय महिला। तस्बिर: मीन ठकुरी/रासस
प्रतिक्रिया दिनुहोस्