सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम भक्तपुरबाट सुरू । राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरू गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार भक्तपुर पुगेर यो कार्यक्रम सुरूवात गरेका हुन्। तस्बिर: राष्ट्रपतिको सचिवालय
प्रयोगविहीन भ्यू टावर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ बालुवा डाँडामा नगरपालिकाले तीन वर्षअघि रु ६८ लाखको लागतमा निर्माण गरेकोे ६० फिट अग्लो भ्यू टावर। उक्त टावर अहिलेसम्म व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन्। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
व्यावसायिक बाख्रापालन । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित मुलबास क्षेत्रमा चराउन लगिएको बाख्रा। मैकोटका स्थानीयवासीले व्यावसायिक रूपमा पालेको बाख्रा चरिचरनका लागि यही क्षेत्रमा अस्थायी गोठ राखेर चराउँदै आएका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
मादी नदीमा बन्दै गरेको पुल । पृथ्वीराजमार्ग अन्तर्गत निर्माणाधीन मुग्लिन पोखरा सडकखण्डको तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पक्की पुलको फाउण्डेशन। रु एक अर्ब २१ करोडको लागतमा बन्दै गरेको पुलको फाउण्डेशनको काम सकिएर अब स्ल्याब ढलानको काम हुँदैछ। तस्बिर: कृष्ण न्यौपाने/रासस