आजका तस्बिर- भदौ १२
आजका तस्बिर- भदौ १२
हनुमान नाच ।  करिब तीन सय वर्ष पुरानो हनुमान नाच बागलुङमा नौ वर्षपछि प्रदर्शन गरिँदै। यहाँका नेवार समुदायद्वारा संरक्षित हनुमान नाच पाँच वर्षमा देखाइने गरिएकोमा कोभिडका कारण तत्कालीन समयमा रोकिएकोमा अहिले नौ वर्षपछि देखाइएको हो। हनुमान नाच संरक्षण परिषद् बागलुङले विधिवत् रूपमा यो नाच देखाउन सुरू गरेको हो। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ १२
माटाको भाँडाकुँडा किनमेल ।  महाेत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका -८ बजराही गाउँमा चाैठचन्द्र पर्व र तीज व्रतकाे लागि माटाको भाँडाकुँडा किनमेल गर्दै महिलाहरू। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- भदौ १२
बुकीमा चर्दै गरेका चौँरी ।  रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखि चार हजार ६५ मिटरको उचाइमा अवस्थित पुर्वाङ यार्सा क्षेत्रको बुकी पाटनमा चर्दै गरेका चौँरी गाई। यस भेगका स्थानीयले पोसिलो घाँस खुवाउनका लागि असारदेखि भदौसम्म पशुचौपाया बुकी पाटनमा चरनका लागि छाड्ने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ १२
सूर्यमुखी फूल ।  चीनको ग्रामीण पुनरूत्थान परियोजना टोङ्फु गाउँ (काउन्टी)का कृषकले खेतमा लगाइएको सूर्यमुखी फूल। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ १२
बेनी बजार ।  पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँको डिलबाट लिएको म्याग्दीको सदरमुकाम बेनी बजार। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा बेनी बजार अवस्थित रहेको छ। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्