कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। सोमबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सान्नी त्रिवेणी पाटन क्षेत्र । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–९ बडिमालिका नजिकै रहेको त्रिवेणी पाटन क्षेत्र। तस्बिरः मिमबहादुर रावल/रासस
बाँसुरी बेच्दै । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन सोमबार बिहान भक्तजनलाई बाँसुरी बेच्दै व्यापारी। तस्बिर: माधवप्रसाद घिमिरे/रासस
पर्यटकको प्रतिक्षामा डुङ्गा चालक । पोखराको फेवाताल किनारमा ताल बाराही मन्दिर दर्शन गर्न एवं फेवातालमा डुङ्गा सयर गरेर मनोरञ्जन लिन आउनेहरूको प्रतिक्षामा बसेको डुंगा चालक। तस्बिरः प्रदीपराज वन्त/रासस