आजका तस्बिर: भदौ ९
आजका तस्बिर: भदौ ९
पेल्मा तातोपानी झोलुङ्गे पुल ।  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मामा पहराकोबीचमा थुन्ने खोलामाथि चार करोड २७ लाख १४ हजार रुपैयाँ लागतमा बनेको झोलुङ्गे पुल। तीन सय ३८ मिटर लामो यो पुल बनेपछि पुथा उत्तरगंगा–२ को पेल्मासँग यहाँका तातोपानी, हिम, गुइबाङलगायत करिब आधा दर्जनबस्ती जोडिएको पुल बनेपछि स्थानीयको यात्रा छोटो हुनुका साथै भीरको बाटो ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। यो पुल ढोरपाटन–डोल्पा पर्यटकीय पदमार्गमा समेत पर्ने गर्दछ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: भदौ ९
झाँक्री घाँसेफिस्टो चरा ।  बेलौरी नगरपालिकाको पुरैनी तालको सिमसार क्षेत्रमा बचेराका लागि चारो चुच्चोमा समातेको झाँक्री घाँसेफिस्टो चरा। यो चरा सिमसार क्षेत्रको घाँसे मैदानमा पाइने गरिन्छ। यसलाई अङ्ग्रेजीमा ग्रेसफुल प्रिनिया भन्ने गरिन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर: भदौ ९
बल्छी प्रयोग गरेर माछा मारिँदै ।  जाजरकोट बारेकोट गाउँपालिका–२ घाटखोलामा बल्छी प्रयोग गरेर माछा मार्दै स्थानीय युवा। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर: भदौ ९
तुम्लिङटार विमानस्थल ।  भोजपुरको षडानन्द नगरपालिका वडा नं १२ पात्लेधाराबाट आइतबार बिहान लिएको अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको खांदबारीमा अवस्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र। तस्बिरः सुजन बज्राचार्य/रासस
आजका तस्बिर: भदौ ९
जीतपछि खुसी ।  नेपाल साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई पेनाल्टी शुटआउटमा ४-१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको छ। फाइनलमा पुगेपछि तस्बिर खिचाउँदै नेपाली टोली। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्