आजका तस्बिर- भदौ ८
आजका तस्बिर- भदौ ८
पुपाल लेक ।  रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखि चार हजार पाँच सय मिटरमा अवस्थित बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने क्षेत्र पुपाल लेक। जेठदेखि भदौ महिनासम्म हरियो देखिने यो क्षेत्र आठ महिना हिउँले ढाकिने गर्दछ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ ८
राधाकृष्णको मूर्ति बनाउँदै ।  धनुषाको विदेह नगरपालिका-७ तिनकौरिया चोकस्थित मूर्तिकार रामप्रकाश पण्डितले श्री कृष्ण जन्माष्टमीको लागि राधाकृष्णको मूर्ति बनाउँदै। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- भदौ ८
माछालाई जाल हान्दै ।  शुक्लाफाँटा नगरपालिकाको मध्यभाग भएर बग्ने सनवोरा नदीमा जाल हानेर माछा मार्दै स्थानीय। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- भदौ ८
गर्मी छल्न पौडी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–८ मा रहेको टरुवा तालमा गर्मी छल्न पौडी खेल्दै स्थानीय युवा।तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
प्रतिक्रिया दिनुहोस्