ऐतिहासिक स्थल ढोलथाना । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक स्थल ढोलथानामा ढुंगा चिनेर कलात्मक शैलीमा निर्माण गरिएको प्रवेशद्वार। समुन्द्रि सतहदेखि एक हजार ८८० मिटर उचाइमा रहेको ढोलथानामा रहेको दरबारबाट तत्कालिन पर्वत राज्यका राजाहरूले विसं १६३१ देखि १८४३ सम्मको वर्षायाममा राज्य सञ्चालन गरेको इतिहास छ। तस्बिर: सन्तोष गौतम/ रासस
घाँस बोकेर घरतर्फ आउँदै महिला । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ ढाँणका राना थारू समुदायका महिला खेतबाट घाँस लिएर घरतर्फ आउँदै। राना थारू समुदायका महिलाहरूले घर खर्च चलाउनका लागि बाख्रापालन गरेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
हिउँपहिरो । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मुलखर्कमा शुक्रबार दिउँसो धौलागिरि हिमालबाट खसेर बोक्सीखोलामा थुप्रिएको हिउँ पहिरो। पहाडको खोचमा हिउँ पहिरो थुप्रिएकाले कालीगण्डकीको सहायक बोक्सीखोलामा पानीको मात्रा दुई तिहाई घटेको छ। साैजन्य तस्बिर: थासाङ गाउँपालिकाको कार्यालय/ रासस
पानी घट्ट । कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रहगाडमा रहेको कुटानी पिसानी गर्ने परम्परागत पानी घट्ट। तस्बिर: मिमबहादुर रावल/ रासस
चैलेको उकालोमा ग्राभेल भएको सडक । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेको उकालोमा हालै ग्राभेल गरेर स्तरोन्नति भएको सडक। छुसाङदेखि चैले हुँदै समरसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने काम हालै सम्पन्न भएको छ। तस्बिरः सन्तोष गौतम/ रासस