मेमेपोखरी । हिमालचुली हिमालको फेदमा रहेको समुन्द्र सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको लमजुङ दोर्दी गाउँपालिका-७ स्थित पर्यटकीय मेमेपोखरी। यहाँ पुग्दा मनोकामना पूरा हुने विश्वास रहेको छ। तस्बिर : जनक श्रेष्ठ/रासस
ढुङ्गेधारा । ललितपुरको पाटनस्थित ऐतिहासिक ढुङ्गेधारा (मङ्ग हिति)। यो धारामा निरन्तर मूलको पानी आइरहेको हुन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस