आजका तस्बिर- भदौ ५
आजका तस्बिर- भदौ ५
उर्लिएको सेती नदी र पुल ।  डोटी जिल्लामा रहेको पिपल्ला र शिलगढी बजार जोड्न सेती नदीमा बनेको पुल तथा वर्षातमा उर्लिएको सेती नदी। पछिल्लो समय पुल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र समेत बन्दै गएको छ। तस्बिर: धनबहादुर भण्डारी/रासस
आजका तस्बिर- भदौ ५
दामोदर कुण्ड ।  समुद्री सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–४ स्थित धार्मिकस्थल दामोदर कुण्ड। समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदर कुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो। दामोदर कुण्ड हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- भदौ ५
खोला तराउँदै अभिभावक ।  कैलालीको चुरे गाउँपालिका–४ स्थित काले खोलामा पुल नहुँदा समैजी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोला तराउँदै स्थानीय अभिभावक। खोलामा पुल नहुँदा बर्षातका बेला विद्यार्थीलाई ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ। तस्बिरः मीन ठकुरी/रासस
आजका तस्बिर- भदौ ५
लाखे नाच ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा नेवार समुदायले गाईजात्राको अवसरमा निकालेको लाखे नाच। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- भदौ ५
रूकुम पूर्वको तकसेरा गाउँ ।  रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० स्थित गाउँपालिकाको केन्द्र तकसेरा गाउँ। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्