बसन्तपुरमा गाईजात्रा । काठमाडौं उपत्यकामा मंगलबार गाईजात्रा मनाइएको छ। मंगलबार काठमाडौंको बसन्तपुरमा बाजागाजासहित गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राक्से दह । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ३ मा रहेको राक्से दह। यो दह चार हजार सात सय मिटरको उचाइमा अवस्थित छ। पछिल्लो समय दहको पानी सुक्दै जाँदा दहको सतह पनि घट्दै जान थालेको छ। तस्बिर: सर्जना कार्की/रासस
पेरीभा रानी ताल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभ रानी ताल। पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभा रानी तालमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तस्बिर: सन्तोष गौतम/रासस