आजका तस्बिर- भदौ ३
आजका तस्बिर- भदौ ३
रक्षाबन्धन ।  काठमाडौंको पशुपतिनाथमा रक्षाबन्धन बाँध्दै एक महिला। तस्बिरः नवीनबाबु गरूङ/सेतोपाटी।
आजका तस्बिर- भदौ ३
देवघाटमा श्रावणी स्नान ।  जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा छ। तस्बिरः सनद अधिकारी/रासस
आजका तस्बिर- भदौ ३
दाक्बुराङ वनस्पती उद्यान ।  भोजपुरको आमचोक गाउँपालिकामा निर्माण भइरहेको दाक्बुराङ वनस्पती उद्यान। पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले आमचोक-२ यूँमा वनस्पती उद्यान निर्माण गरिएको हो। तस्बिरः युवराज विष्ट/रासस
आजका तस्बिर- भदौ ३
सुनदह ।  रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार हजार ४३५ मिटरको उचाइमा रहेको सुनदह । यो ताल जिल्लाको सबैभन्दा ठूलो ताल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। तस्बिरः सर्जना कार्की/ रासस
आजका तस्बिर- भदौ ३
दुई जिल्ला जोड्ने झोलुङ्गे पुल ।  बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुल र आसपासको हरियाली दृश्य। कालीगण्डकी नदीमाथि बनेको यो पुल ५६७ मिटर लामो छ। तस्बिरः डम्मर बुढामगर /रासस
प्रतिक्रिया दिनुहोस्