नेपाली हाते कागज व्यवस्थापन । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्थापन गर्दै उद्यमी महिला। नेपाली हाते कागज सरकारी कार्यालयमा लेखपढी गर्न तथा विदेशसमेत निर्यात हुँदै आएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
स्याउ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथमा लटरम्म फलेको स्याउ। यहाँका स्थानीयवासीले स्याउखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। तस्बिरः हेमन्त केसी/रासस
राखीलगायत पूजा सामग्री । रक्षाबन्धन तथा जनैपूर्णिमाको अघिल्लो दिन आइतबार सुनसरीको इनरुवा बजारमा बिक्रीका लागि राखिएका राखीलगायत पूजा सामग्री। रक्षाबन्धनका दिन तराईका जिल्लामा दाजुभाइको सुस्वास्थ्य, प्रगति र दीर्घायुको कामना गर्दै दिदीबहिनीले राखी बाँध्ने चलन छ। तस्बिरः नवीन गड्तौला/रासस