आजका तस्बिर: भदौ १
आजका तस्बिर: भदौ १
भेडा चराउँदै किसान ।  महोत्तरीको जलेश्वर नगरपालिका-६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान। तस्बिर: सञ्जीतकुमार मण्डल /रासस
आजका तस्बिर: भदौ १
व्यावसायिक लोठसल्ला खेती ।  भोजपुरको आमचोक गाउँपालिकामा किसानले गरिरहेको व्यावसायिक लोठसल्ला खेती। आमचोक गाउँपालिका-२ मा सात जना कृषक मिलेर करिब तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती थालेका हुन्। तस्बिर: युवराज विष्ट/भोजपुर/रासस
आजका तस्बिर: भदौ १
धारापानी र आसपासको हरियाली दृश्य ।  ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा रहेको धारापानी र आसपासको क्षेत्रको हरियाली दृश्य। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर: भदौ १
उद्धार गर्दै नेपाली सेना ।  सोलुखुम्बुको थामेको बाढीमा फसेकाहरूको उद्धार गर्दै नेपाली सेना। शुक्रबार पोखरी फुटेर थामेखोलामा आएको भेलबाढीले क्षतिग्रस्त थामे गाउँका स्थानीयलाई शनिबार डोरी र काठको मद्धतले सुरक्षित स्थानमा लैजाँदै नेपाली सेना। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर: भदौ १
गर्पाछेडाबाट देखिएका हिमशृङ्खला ।  पूर्वी रूकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाईमा रहेको गर्पाछेडाको बुकी पाटनबाट देखिएको सिस्ने, पुथा, गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला। हिमाल, सुर्योदय, सूर्यास्त, बुकी पाटन अवलोकन र गोठालाको जिवनशैलीमा रमाउनेहरुका लागि गर्पाछेडा गन्तब्य बन्न थालेको छ। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्