कोल गाउँ । रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१२ स्थित कोल गाउँ। तस्बिरः कुलदीप न्यौपाने/रासस
पुथा हिमाल । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित बायम्पाबाट लिएको रूकुम पूर्वको पुथा हिमाल। पुथा हिमाल सात हजार २४६ मिटर अग्लो रहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
रूकुम पश्चिमको सदरमुकाम खलङ्गा बजार । रूकुम पश्चिमको सदरमुकाम खलङ्गा बजार। तस्बिरः बलबहादुर ओली/रासस
अल्लोको कपडा बुन्दै उद्यमी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बु गाउँमा आयआर्जनका लागि तानमा अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । रेड पाण्डा नेटव, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग र पलिङ्लिङ नगरपालिकाको प्रविधिक तालिम तथा आर्थिक सहयोगले यहाँका महिला उद्यमी बन्दै गएका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
ठेकीमा मोही पार्दै गोठाला । पूर्वी रूकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा। गाईवस्तुको गोठ लिएर बुकी आएका किसान दूधबाट घ्यु, छुर्पीलगायत दूधजन्य परिकार बनाउने गर्दछन्। तस्बिरः सन्तोष गौतम/रासस