आजका तस्बिर- साउन ३१
आजका तस्बिर- साउन ३१
गर्पाछेडाको भेडी गोठ ।  पूर्वी रूकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुद्र सतहदेखि चार हजार मिटर उचाइको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ। म्याग्दी, बागलुङ, पूर्वी रूकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन्। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन ३१
सुख्खा बन्दरगाहमा कार्गाे रेलको लिक ।  वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयभित्र रहेको कार्गो रेलको लिक। सुख्खा बन्दरगाहमा बिशखापटनम, कोलकत्ता लगायतका पोर्टबाट सरदर दैनिक तीन वटा कार्गो रेलले कन्टेनरमा विभिन्न वस्तु तथा सामान ल्याउने गर्छ। एक पटकमा एउटा कार्गो रेलले ६० वटा कन्टेनर ल्याउने गर्छ। तस्बिर: हिमाल लम्साल/रासस
आजका तस्बिर- साउन ३१
सिद्धेश्वर गुफा ।  तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित सिद्धेश्वर गुफा। पर्यटकीय सम्भावना बोके पनि प्रचार-प्रसारको अभावमा यो गुफा ओझेलमा पर्दै आएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्