थबाङ गाउँ । रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक थबाङ गाउँ । मगर र दलित समुदायको बसोबास रहेको यस गाउँ नेपालको राजनीतिमा चर्चित रहेको छ। तस्बिर: कुलदीप न्यौपाने / रासस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । जुम्लाको चन्दननाथ नगरपालिका–२ मा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आसपासको क्षेत्र। यहाँ चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस, नर्सिङ लगायत पढाइ हुने गर्दछ। तस्बिरः सुरेश आचार्य / रासस
जोखिम मोलेर खोला तर्दै । रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका-६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय। खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवतजावत गर्नुपर्ने स्थानीयलाई बध्यता छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
परेवा जोडीको प्रतीक । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको परेवा जोडीको प्रतीक। तस्बिरः जनक श्रेष्ठ/रासस