बादलुको घुम्टोमा दाङ । रोल्पाको रुन्टिगढी गाउँपालिका- ५ स्थित धौलाबाङबाट मंगलबार बिहान देखिएको बादलले ढाकेको दाङको बस्ती। तस्बिर: कुलदीप न्यौपाने/रासस
जलवीरे झरना । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित रहेको जलवीरे झरना। मुग्लिन–नारायणगढ सडकखण्ड यात्रा गर्ने यात्रुलाई यस झरना आकर्षक केन्द्र बन्दै गएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
घुम्ती गोठमा भेडापालन । मुस्ताङको दहबुकी खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालको घुम्ती गोठमा रहेका भेडाहरू। छन्त्यालको भेडीगोठमा पाँच सय बढी भेडाहरू रहेका छन्। तस्बिरः कमल खत्री/रासस
घोडा चर्दै । पूर्वी रूकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकी (घाँसे मैदान) मा चर्दै गरेका घोडाहरू। पोसिलो घाँस खुुवाउन घोडा, भेडाबाख्रा, गाईभैँसीका गोठ लिएर किसानहरू लेकको घाँसे मैदानमा पुगेका छन्। तस्बिर: सन्तोष गौतम/रासस
सुतैया ताल । बाँकेको बैजनाथ गाउँपालिका–३ मा अवस्थित सुतैया ताल। सात हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल बाँकेको राष्ट्रिय निकुञ्जको काखमा रहेको छ। यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ। तस्बिरः रुपनी जि एम/रासस