जलमय काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षका कारण काठमाडौंका विभिन्न बस्तीहरू डुबानमा परेका छन्। काठमाडौंको बागमती, विष्णुमती, रुद्रमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्ते लगायतका खोलामा जलसतह बढेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
डुबानमा काठमाडौं उपत्यका नदी किनारका बस्ती । सोमबार साँझदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार क्षेत्र जलमग्न बनेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
चोभारमा बागमती हेर्नेको भीड । सोमबार साँझदेखि निरन्तर परेको वर्षाका कारण उपत्यका लगायत देशका विभिन्न स्थानहरू जलमग्न छन्। बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी
काठको पुल । मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने जोमसोम बजारस्थित कालीगण्डकी नदीमाथि रहेको काठको पुल। काठको मात्र प्रयोग गरेर निर्माण गरिएको यो पुल जीर्ण बनेपछि घरपझोङ गाउँपालिकाले यस वर्ष मर्मत सम्भार गरेको छ। तस्बिर: सन्तोष गौतम/रासस
पिङ खेल्दै बालबालिका । रूपन्देहीको मर्चवारमा पिङ खेल्दै बालबालिका। तराईमा नागपञ्चमीका अवसरमा पिङ खेल्ने चलन रहेकाले साउनको सुरूदेखि नै बगैंचा एवं अन्य रूखहरूमा पिङ राख्ने गरिन्छ। तस्बिरः राधेश्याम विश्वकर्मा/रासस