डुंगामा सयर गरेर गन्तव्यतर्फ जाँदै स्थानीयबासी । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरको पिपरहवाबाट राप्ती नदी पार गरी डुडुवा गाउँपालिका–१ होलियाको चौफेरीगाउँतर्फ सामानसहित डुंगामा सयर गर्दै स्थानीयवासी। तस्बिरः भेषराज बस्नेत/ रासस
रमणीय सिमकोट । मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट, विमानस्थल र आसपासको क्षेत्र। तस्बिर: दाने बोहरा/ रासस
जलमग्न घोराही । सोमबार दिउँसो परेको भारी वर्षाका कारण ढलले थेग्न नसकेर जलमग्न बनेको घोराही उपमहानगरपालिका-१५ स्थित मुख्य बजारको सडक क्षेत्र । तस्बिर : कुलदीप न्यौपाने/ रासस
बगरमा स्याउ बगैंचा । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र टुकुचे नजिकै रहेको स्याउ बगैंचा। केही वर्षअघि कालीगण्डकीको बगर रहेको यस ठाउँमा स्याउ खेती गरेर कृषकहरूले बगैंचामा परिणत गरेका छन्। तस्बिरः सन्तोष गौतम/ रासस
गुँला पर्व । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ। वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ। तस्बिरः नेपाल फोटो लाइभ्रेरी