आजका तस्बिर - साउन २०
आजका तस्बिर - साउन २०
रातो मच्छिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजन ।  ललितपुरको जावलाखेलमा पुर्‍याइएको रातो मच्छिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजन। जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर - साउन २०
अकला मन्दिर ।  तनहुँको म्याग्दे गाउँपालिका–६ मा अवस्थित प्रसिद्ध अकला मन्दिर। पृथ्वी राजमार्गसँगै जोडिएको यस मन्दिरमा पूजा आराधनाका लागि विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर - साउन २०
बबई नदी र हात्तीखाल गाउँ आसपास क्षेत्र ।  ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा बबई नदीले घेरेको हात्तीखाल गाउँ र आसपासको क्षेत्र। यहाँ भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण सामग्री निर्माणस्थल समेत रहेको छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर - साउन २०
धरहरा ।  काठमाडौंको कमलादीस्थित स्काई टावरबाट खिचिएको विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि निर्माण गरिएको सुन्धारामा अवस्थित धरहरा। तस्बिर: विमलबहादुर बिष्ट/रासस
प्रतिक्रिया दिनुहोस्