आजका तस्बिर- साउन १८
आजका तस्बिर- साउन १८
झुप्रा खोला र भेरी नदीको सङ्गमस्थल ।  ड्रोन क्यामराबाट खिचेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको झुप्रा खोला र भेरी नदीको सङ्गमस्थल। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- साउन १८
फेवाताल ।  सराङकोटबाट लिएको फेवाताल र आसपासको क्षेत्र। पर्यटकीय राजधानी पोखरामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। तस्बिरः डम्मर बुढामगर/रासस
आजका तस्बिर- साउन १८
गुँड बनाउँदै तोप चरा ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा घाँसहरू बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा । आफू बस्ने बासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- साउन १८
दोदा नदीमा माछा मार्दै ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जस्थित दोदा नदीमा जाल हानेर माछा मार्दै राना थारु समुदायका व्यक्ति। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्