बादलुको घुम्टोमा घोराही बजार । दाङको घोराही उपमहानगरपालिका- १८ स्थित घोरदौराबाट बिहीबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
खोपारामा चौँरीपालन र धौलागिरी हिमाल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको खर्कमा थुप्रिएका चौँरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमालको दृश्य। समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपारा लेक पहाडी भूगोल, हिमाल, सूर्योदय, सूर्यास्तको दृश्य अवलोकनका लागि पर्यटकबीच आकर्षण बन्दै गएको छ। तस्बिर: सन्तोष गौतम/रासस
पाटन दरबार क्षेत्र । सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबार क्षेत्रको सुन्दर दृश्य। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
घडिअर्वा पोखरी । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा अवस्थित घडिअर्वा पोखरी। आज बिहानीपख वीरगञ्ज आसपासमा पानी परेसँगै पोखरीमा पानी भरिएर आकर्षक र मनमोहक देखिएको छ। वीरगञ्ज घुम्न आउने पर्यटकको मुख्य रोजाइमा पनि यो पोखरी पर्दै आइरहेको छ। तस्बिरः हिमाल लम्साल/रासस