आजका तस्बिर- साउन १३
आजका तस्बिर- साउन १३
बक्राह खोला ।  मोरङको मिक्लाजुङ–१ लेकडाँडाबाट देखिएको बक्राह खोला र आसपासको क्षेत्र। उर्लाबारी नगरपालिका हुँदै बग्ने यो खोलामा तटबन्धन नहुँदा वर्षायाममा पूर्वी मोरङमा डुबान र कटान हुने गरेको छ । तस्बिरः विवेक मिश्र/रासस
आजका तस्बिर- साउन १३
पोखराको घना बस्ती ।  पोखरा महानगरपालिका–१६ ढिकीडाँडाबाट लिएको पोखराको घना बस्ती। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- साउन १३
सिफ्टिचौर पाटन ।  मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन्। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- साउन १३
बाटो काट्दै श्रीमान-श्रीमती ।  काठमाडौँको महाराजगंजमा बाटो काट्दै गरेका बृद्ध मानिसहरु। तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
आजका तस्बिर- साउन १३
भेडाका बथान ।  मुस्ताङको दहबकुी चरनखर्कमा रहेका भेडाका बथान । परम्परागत घुम्ती गोठमा राखेर गरिने भेडाबाख्रालाई उच्च हिमाली क्षेत्रमा पुर्‍याइएको छ। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्