आजका तस्बिर- साउन १२
आजका तस्बिर- साउन १२
पाँचखाल आसपासको दृश्य ।  काभ्रेपलाञ्चोक धुलिखेलबाट शनिबार बिहान पाँचखाल आसपास देखिएको प्राकृतिक मनमोहक दृश्य। तस्बिर: नारायणप्रसाद न्यौपाने/रासस
आजका तस्बिर- साउन १२
मार्चे लेक ।  धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक। चौँरी, गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्र मार्चे लेक पर्यटकीय गन्तव्यको रूपमा समेत रहेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन १२
डुङ्गा ।  पोखराको गौरीघाटस्थित फेवातालमा डोरीले बाँधेर 'पार्किङ' गरेर राखिएका डुङ्गाहरू। तस्बिर: राधिका कँडेल / रासस
आजका तस्बिर- साउन १२
संस्कृति जगेर्ना नेवाः संस्कृति झल्किने झाकी ।  संखुवासभाको खाँदबारीमा नेवार समुदायद्वारा नेवारी वेशभूषामा धिमे बाजासहित शनिबार निकालिएको नेवाः संस्कृति झल्किने झाकी। संस्कृति संरक्षणका लागि नेवाः मिसा दबु खाँदबारी नगर कार्यसमितिले आयोजना गरेको पच्चीसदिने धिमे बाजा, बाँसुरी नेवाः तथा चर्या नृत्य प्रशिक्षणमा नगरका ६० जना युवा सहभागी भएका छन् । तस्बिरः सुजन बज्राचार्य/रासस
आजका तस्बिर- साउन १२
डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक ।  पोखरा महानगरपालिका–३१ लेखनाथमा अवस्थित बेगनास तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक। तस्बिरः रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्