आजका तस्बिर- साउन २
आजका तस्बिर- साउन २
दरबारमार्गमा पनि फुटपाथ बढाउँदै काठमाडौं महानगर ।  काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा फुटपाथ विस्तारको काम गरिरहेको छ। केही समयअघिदेखि दरबारमार्ग क्षेत्रमा फुटपाथ बढाएर स्तरोन्नतिको काम गर्दै आएको महानगरले जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २
नारायणीमा बाढीले बगाएर ल्याएको रूख संकलन गरिँदै ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीले बगाएर ल्याएको रूख स्थानीयवासीले सङ्कलन गर्दै। बाढीले बगाएर ल्याएको रूख सङ्कलन गरी ठूलोलाई स–सानो गोलिया बनाएर बिक्री गर्ने उनीहरू बताउँछन्। तस्बिरःअनिल यादव/रासस
आजका तस्बिर- साउन २
डोल्पाको त्रिपुरासुन्दरी मन्दिर ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर। यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता रहेको छ। तस्बिरः रामचन्द्र न्यौपाने / रासस
आजका तस्बिर- साउन २
बारपाक रहेको बुद्ध पार्क ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकस्थित ताक्लेनान डाँडामा अवस्थित ‘बुद्ध पार्क’। तस्बिरः दीपक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्