आजका तस्बिर- असार २९
आजका तस्बिर- असार २९
रोपाइँको तयारी ।  गोरखा, अजिरकोट गाउँपालिकाको भिरकुन गाउँमा रोपाइँको लागि खेतमा धानको बर्ना लैजाँदै किसानहरू। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- असार २९
गङ्गामाईको रथ तान्दै ।  पशुपतिनाथ मन्दिर परिसरबाट शनिबार गङ्गामाईको रथ तान्दै भक्तजन। उक्त रथ आज साँझ ५ बजे पशुपतिनाथ मन्दिर परिसरबाट प्रस्थान गरी तिलगंगा, जयबागेश्वरी हुँदै पुनः पशुपतिनाथ मन्दिर परिसरमा ल्याइने छ। तस्बिर: विमलबहादुर बिष्ट/रासस
आजका तस्बिर- असार २९
पञ्चेबाजा बजाउन जुम्लाबाट नेपालगञ्ज ।  नेपालगञ्ज उपमहानगरपालिका-२० भैयापुरस्थित राँझामा शुक्रबार एक वैवाहिक समारोहमा पञ्चेबाजा बजाउँदै बाजा टोलीका सदस्यहरू। सो विवाहमा पञ्चेबाजा बजाउनका लागि जुम्लाबाट आफूहरू नेपालगञ्ज आएको बाजा समूहका सदस्य बताउँछन्। तस्बिरः रुपनी जिएम/रासस
आजका तस्बिर- असार २९
चरिचरण गर्दै भेडा ।  जाजरकोटको बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रमा चरिचरण गर्दै भेडाहरू। पाटन क्षेत्रमा बुकी लगायतका घाँस खुवाउनका लागि यहाँ जुम्ला, जाजरकोटबाट भेडा ल्याइने गरिन्छ। तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्