आजका तस्बिर- असार २५
आजका तस्बिर- असार २५
नारायणी पुल ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी नदीको पुल। विसंं. २०३८ सालमा बनेको पुल पुरानो भएसँगै पुलको उत्तरतर्फ सिग्नेचर पुल बन्नेगरी शिलान्यास भएर काम अगाडि बढेको छ। तस्बिर: टेकराज पोखरेल/रासस
आजका तस्बिर- असार २५
पाटन अस्पताल अगाडिको औषधि पसलमा सिल ।  औषधि व्यवस्था विभागले ललितपुरको पाटन अस्पताल अगाडि रहेको एउटा औषधि पसल सिल गरेको छ। मंगलबार दिउँसो विभागबाट गएको अनुगमनको टोलीले श्रीराम औषधि पसलमा सिल गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २५
रग्बी मैदान ।  सुर्खेतको वीरेन्द्रनगर–७ कालुञ्चौकमा ७२ लाख लागतमा निर्माण गरिएको रग्बी मैदान र आसपासको क्षेत्र। तस्बिर : सुरेश आचार्य/रासस
आजका तस्बिर- असार २५
निर्माणाधीन देउडा पार्क र क्रिकेट मैदान ।  सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन देउडा पार्क र क्रिकेट रङ्गशाला । सात करोड ५९ लाख रुपैँया लागतमा निर्माण भइरहेकोमा हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ। तस्बिर : सुरेश आचार्य/रासस
आजका तस्बिर- असार २५
छ्योर्तेन ।  काठमाडौंको तारकेश्वर नगरपालिका-८ स्थित पिपलडाँडामा रहेको बौद्ध धर्मावलम्बीहरूको छ्योर्तेन (गुम्बा)। तस्बिर : हरिराम भेटुवाल / रासस
प्रतिक्रिया दिनुहोस्