आजका तस्बिर- असार २४
आजका तस्बिर- असार २४
खलङ्गा बजार आसपासको दृश्य ।  अविरल वर्षापछि सोमबार खुलेको मौसममा देखिएको रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार आसपासको दृश्य। तस्बिर: बलबहादुर ओली/रासस
आजका तस्बिर- असार २४
प्रदेश रङ्गशाला- वीरेन्द्रनगर ।  प्रदेश रङ्गशालाको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। तस्बिरः सुरेश आचार्य/ रासस
आजका तस्बिर- असार २४
बन्जी पुल ।  पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुल । प्रालिले विसं.२०७७ सालदेखि सञ्चालनमा आएको बन्जी पुल विश्वकै दोस्रो अग्लो (२२८ मिटर) रहेको छ । तस्बिर : खेमराज गौतम/रासस
आजका तस्बिर- असार २४
मौसम खुलेपछि वीरेन्द्रनगरको दृश्य ।  लगातार दुई दिनको वर्षापछि सोमबार देखिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ उत्तरगंगा, मलपानी तथा आसपासको क्षेत्र। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- असार २४
दार्चुलाको झोलुङ्गेपुल ।  दार्चुलाको दुहुँ गाउँपालिका वडा नंं २ र ५ जोड्ने कालागाड खोलामाथि निर्माण भएको बहुउद्देश्य झोलुङ्गेपुल। सो पुलको लम्बाइ ३७० मिटर रहेको छ। तस्बिरः अर्चना झा/रासस
प्रतिक्रिया दिनुहोस्